मोटर चोरी आरोपमा लमजुङका घर्ती पक्राउ

गोरखा | मंसिर २, २०८०

मोटर चोरी आरोपमा लमजुङका घर्ती पक्राउ

गोरखा:  जिल्ला प्रहरी कार्यालय गोरखाले मोटर चोरी आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा लमजुङका दुधपोखरी गाउँपालिका ५ का ४० वर्षीय पृथ बहादुर घर्ती रहेका छन् ।

 

उनले गत असोज २० गते राती करिब १० बजे  गोरखाको सिरानचोक गाउँपालकिा १ केराबारी स्थित चम्पावती हाईड्रोपावरले सञ्चालन गरेको क्रसरमा जडान भएको २ थान मोटर चोरी गरेको गोरखा प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार चोरी गरेपछि उनले सिरानचोककै खाली धन्सारमा लुकाई राखेको अवस्थामा बरामद गरेको थियो । 

 

पक्राउ परेका उनलाई  चोरी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्